सिर्जना-सुनगाभा

गुणकारी गुन्द्रुक
स्रोत: नेपाल साप्ताहिक

-विकल्प अधिकारी

नेपालमा हेलाँ गरिने गुन्द्रुकमा तौल अनुसार ४५ प्रतिशतसम्म आइरन पाइन्छ भन्दा अचम्म लाग्न सक्छ। तयारी खानेकुराका बट्टामा क्लोरिन, आइरन, कार्बाहाइड्रेट र प्रोटिनको मात्रा लेखेको हेर्ने हामीलाई गुन्द्रुकमा पाइने आइरनको मात्रा बारे थाहा हुँदैन। सन् २००३ मा इन्डियन जर्नल अफ माइक्रोबायोलोजीमा प्रकाशित जेपी तामाङको अनुसन्धानले प्रतिसय ग्राम सुक्खा गुन्द्रुकमा ४ सय ४३ दशमलव १ मिलिग्राम आइरन, १ सय २० दशमलव ५ मिलिग्राम क्याल्सियम, १४ दशमलव ६ मिलिग्राम प्रोटिन र २ दशमलव ५ ग्राम धूलो जस्ता पदार्थ हुने देखाएको छ। उच्च मात्रामा अर्गानिक एसिड र कम पीएच हुनाले यसले अत्यधिक भोक जगाउँछ र यसलाई धेरै समय सम्म सुरक्षित राखेर उपयोग गर्न पनि सकिन्छ।

हामीले दाल र तरकारीका रूपमा खाने गरेको राज्मामा यति धेरै प्रोटिन पाइन्छ कि एक किलो खाँदा ५० किलो मासु खाएबराबर प्रोटिन मिल्छ। कसले जानोस् यस्तो कुरा ! तर, राष्ट्रव्यापी रूपमा ढुसी लागेका आइरन चक्की बाँड्ने काममा संलग्न हुनेहरूलाई गुन्द्रुकमा एउटा आइरन चक्कीमा पाइनेजत्ति नै आइरन पाइन्छ भनेर अध्ययन/अनुसन्धान गर्ने फुर्सद नै छैन। आइरन प्रायः दाना तथा अन्न, हरयिा सागपात र मासुमा पाइन्छ। आइरन कम भएमा रक्तअल्पता हुने गर्छ र गर्भवती अवस्थामै महिलाको मृत्यु हुन सक्छ भने बच्चाको दिमागको विकासमा अवरोध पनि पुग्न सक्छ।

यो आइरनको मात्र कुरा भयो। नेपालमा खोला तथा खोल्साखाल्सीमा पाइने झिङेमाछामा अमूल्य तत्त्व हुन्छ भनेर अनुसन्धान कसले गर्ने ? हामीले तिनीहरूको संरक्षण गरेर दिनहुँ खाँदा हजारौं रुपियाँ बराबरको प्रोटिन पाइन्छ। युरोपमा फुटबल खेलाडीलाई मध्यान्तरमा दिइने शक्तिवर्धक जुस हाम्रो गाउँका कान्लामा पाइने तरुलबाट बनाइएको हो भन्ने हामीलाई सिकाइनु पर्ने भएको छ। कुरा के हो भने हामीले जानेर वा नजानेर गुन्द्रुक खान्छौँ। तर, कति खाँदा शरीरलाई चाहिने तत्त्व पूरा हुन्छ, त्यो साधारण जनतालेे जान्न सक्दैनन्। अनुसन्धानको खाँचो छ। हामीसँग पर्याप्त खानेकुरा छन् तर मात्र खाँचो सन्तुलित तरकिाले खान जान्नु र त्यसका लागि अध्ययन गर्नु हो। यस्ता अध्ययनबाट आएका कुरा संरचनात्मक रूपमा नागरकिलाई सूचित गराइनुपर्छ। यो राज्यको दायित्वभित्र पर्छ।

स्वस्थ रहन र रोगसँग लड्न मानिसलाई बढी मात्रामा चाहिने मुख्य पौष्टिक तत्त्वमध्ये हुन्, प्रोटिन, कार्बोहाइडे्रट र चिल्लो पदार्थ। सहायक पौष्टिक तत्त्व हुन्, भिटामिन (‘ए’, ‘सी’, ‘ई’) र खनिज पदार्थ आइरन, आयोडिन र क्याल्सियम। जसले यी तत्त्व भएका खाद्यवस्तु पर्याप्त मात्रामा उत्पादन गर्न र किन्न सक्दैन, ऊ कुपोषणको सिकार हुने निश्चित छ। विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा कम प्रोटिन र धेरै मात्रामा कार्बोहाइड्रेट पाउने अन्न चामल, मकै र गहँु मात्र खाएर बस्नेे कुपोषण र न्यूनपोषणको सिकार भएका छन् किनभने उनीहरूसँग प्रोटिन र अन्य मुख्य पौष्टिक तत्त्व पाउने खानाको अभाव रहेको हुन्छ। नेपालमा गरबि जनता, त्यसमाथि बच्चा र महिला कुपोषणबाट बढी ग्रस्त छन्।

आयुर्वेद भन्छ, ‘हामीले खाएको खानाबाट नै रगत र क्रमशः मासु, मेद, हाड, मज्जा र वीर्य बन्छ।’ खानाले नै रोगसँग लड्ने, सोच्ने र कस्तो क्रियाकलाप गर्ने भन्ने निर्धारण गर्ने हुँदा खानपिनमा विशेष ध्यान दिन जरुरी छ। हामीसँग पर्याप्त अन्न, मासु र फलफूल नभए पनि भएका पदार्थको समुचित प्रयोग आजको आवश्यकता हो। समस्या अपर्याप्तताभन्दा पनि व्यवस्थापनमा हो। संयुक्त राष्ट्रसंघका अनुसार सन् ‘९० को दशकमा झन्डै ८० प्रतिशत कुपोषण भएका बच्चा त्यस्ता देशमा बस्थे, जुन देशमा आफ्नो देशलाई पुग्नेभन्दा अतिरत्तिm खाद्यान्न उत्पादन हुने गथ्र्योे। त्यसैले गरबि हुनु मात्र पनि कुपोषणबाट ग्रस्त हुनु होइन। पश्चिमा र अमेरकिीहरूका अगाडि ख्याउटे र साना देखिने हामीलाई सन्तुलित खानाको नारा दिइयो र खानुपर्छ भनियो तर खाना नभएकालाई यस भनाइको के अर्थ ! नेपालका गाउँगाउँमा उपलब्ध भएका खाना कसरी मिलाएर खाने भनेर कहिल्यै पनि पाठ्यक्रममा राखिएन।

के प्रोटिनको कमीका कारणले शरीर दुब्लो हुनु, हिँडडुल गर्न नसक्नु, काम गर्न असमर्थ हुनु भन्दा वैकल्पिक रूपमा मुसा, बाँदर, गँड्यौला, गँगटा खान उचित हुन्न ? यी तत्त्वमा अत्यधिक प्रोटिन पाइन्छ (तौल अनुसार ५८ देखि ७८ प्रतिशतसम्म), जुन खसी, कुखुरा, राँगा, अन्डा, माछामा (तीनदेखि पाँच प्रतिशत तौल अनुसार) पनि पाइँदैन। तराईका केही जाति र राउटे लगायतले यी जीव खाने गरेको हामीले देखेसुनेकै हो। दक्षिण अफ्रिकामा खाने गरएिको लार्भा-झुसिलकीरा, कालाहारी मरभूमिमा खाइने साङ्लो, कोलम्बियाको बोगोटेमा खाइने ‘फ्राइइड एन्ट’ कमिला, कोरियामा खाइने गँगटा र गँड्यौला के हाम्रो भान्सामा पाक्न सक्दैनन् ? के उपभोक्ताहरू यी नयाँ खानेकुरामा सहमत होलान् ! अब खाने ढंग फेर्ने पो हो कि !

सन् १९९६ को विश्व खाद्य सम्मेलनले कुपोषणलाई सन् २०१५ सम्ममा ४० करोडमा झार्ने लक्ष्य लियो तर उसले अहिले आएर यो लक्ष्य सन् २०३० मा मात्र पूरा हुने जनाएको छ। नेपाल पनि भोकमरीबाट प्रभावित देश हो। त्यसैले समस्या समाधान गर्दा अनेकौँ अप्ठ्यारा आइरहेका छन्। अब हामीले कि त भएका खानेकुराको व्यापक अध्ययन गरेर सन्तुलित भोजनका रूपमा खान जान्नुपर्‍यो, कि नयाँ खानेकुराको खोजीमा लाग्नुपर्‍यो।

साहित्यमा २०११
स्रोत: नागरिक दैनिक

-हरि अधिकारी

पश्चिमा जगतले अपनाएको पञ्चांग अनुसार भर्खरै बितेर गएको सन् २०११ नेपाली साहित्यका हकमा समग्रतामा हेर्दा सुखद रह्यो भन्न सकिन्छ। आसलाग्दा नवस्रष्टाको आगमन, विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमको सफल आयोजन र पुस्तक बिक्रीमा लगातारको अभिवृद्धिका आलोकमा हेर्दा सन् ११ लाई उपलब्धिमूलक ठानिएको हो।

अधिकांश पाका र प्रतिष्ठित लेखकले भने यस वर्ष प्रकाशित आफ्ना कृतिबाट पाठकलाई निराश बनाएको देखियो। बासी विचार, अनाकर्षक शैली र थोत्रो संवेदनालाई जोडजाड गरेर तिनले रचना गरेको साहित्यले तिनीहरूभित्रको लेखक अधमरो भइसकेको तथ्यकै पुष्टि गरेझैं भएको छ। उपन्यासको उत्पादन गर्ने कारखानाझैं सक्रिय ध्रवचन्द्र गौतम, पूर्णकालीन लेखक भनिएका कृष्ण धरावासी, मञ्जुल, सरुभक्त जस्ता स्रष्टाले यस वर्ष आफ्ना प्रकाशित कृतिको बलमा खासै प्रभाव जमाउन सकेनन्। धेरै समयको अन्तरालमा दुइटा उपन्यास लिएर आएका किशोर नेपाल पनि रचना सामर्थ्य र पुस्तक बिक्री दुवै दृष्टिले आशातीत रूपमा सफल हुन सकेनन्। यस वर्ष कथालेखनमा राम्रो नाम कमाएका राजव पनि उपन्यासकारका रूपमा पूर्णतः फ्लप भए। स्वास्थ्यका कारण हुनुपर्छ, जगदीश घिमिरेले पनि यस वर्ष कुनै नयाँ सिर्जना गरेको देखिएन। उनी ‘अन्तर्मनको यात्रा’ ले दिएको सफलता र यसबाट प्राप्त ख्यातिकै प्रवर्द्धनमा अहिले पनि लागिरहेका छन्। स्थापित आख्यान लेखकमध्ये कृतिगत श्रेष्ठताका हिसाबले नारायण ढकाल मात्र पाठक र समालोचक दुवैको नजरमा टिक्न सकेको देखिन्छ।

पाका-पुरानाले निराश बनाए पनि नेपाली साहित्यमा उदाएका केही नव-नक्षत्रले भने यसको भविष्यप्रति आश्वस्त हुनसक्ने ठाउँ बनाइदिएका छन्। त्यस्ता आसलाग्दा प्रतिभाको नाम लिँदा, सन् २०१० मा देखापरेकालाई समेत समेट्ने हो भने अमर न्यौपाने, आन्विका गिरी, युग पाठक, सुविन भट्टराई, सीमा आभास, सरिता तिवारी, हेम प्रभास, रावत, भूपिन ब्याकुल, उमेश राई अकिञ्चन, अभय, सञ्जीव राई, स्व.स्वप्निल स्मृति, राजन मुकारुङ, संगीत आयाम, साम्ब ढकाल, निमेष निखिल, ठाकुर बेलबासे र अनुपम रोशी आदिलाई सम्झनु पर्ने हुन्छ। यीमध्ये पनि कथा-उपन्यासमा बुद्धिसागर, युग पाठक, अमर न्यौपाने, आन्विका गिरी र सुविन भट्टराई अनि कवितामा उमेश राई, सञ्जीव राई, हेम प्रभास र रावतबाट नेपाली साहित्यले धेरैधेरै उत्कृष्ट रचनाको आस गर्न सक्छ। युग पाठक, बुद्धिसागर र रावतको नेपाली साहित्यमा भएको प्रवेश हालका दिनमा भएको एउटा महत्वपूर्ण घटना हो। यी लेखकले सिर्जनात्मक इमानदारी, लगनशीलता र आफूलाई उत्तरोत्तर तिखार्दै लैजाने कुरामा आवश्यक दृष्टि पुर्‍याउन सके र लेखनलाई निरन्तरता दिइरहे भने यिनको अहिले भएको साहित्यमा प्रवेश कुनै बेलाको मोहन कोइराला वा दौलतविक्रम विष्ट वा परशु प्रधान वा ध्रुवचन्द्र गौतमको प्रवेशजस्तै सार्थक प्रमाणित हुनेछ।

परशु प्रधान, तेजेश्वरबाबु ग्वंग, मणि लोहनी, अनमोलमणि, बाबुराम लामिछाने, श्रवण मुकारुङ, शारदा शर्मा, युवराज नयाँघरे, दुवसु क्षेत्री, नारायण वाग्ले, ध्रुव सापकोटाको पनि यस वर्ष उल्लेख्य रचनात्मक सक्रियता रह्यो। निकै सुन्दर कथा लेखेर पनि अत्यन्त कम चर्चामा आएका बाबुराम लामिछानेको एउटा कथासंग्रह प्रकाशित भयो। ‘पाखाको’ भन्ने अनाकर्षक नाममा भने वरिष्ठ कथाकार परशु प्रधानका उत्कृष्ट कथाहरूको संकलन पनि यसै वर्ष छापियो। तेजेश्वरबाबु ग्वंगको पनि एउटा निबन्धसंग्रह प्रकाशित भयो यसै साल। शारदा शर्माले पनि यस साल एउटा निकै मोटो पुस्तक पाठकका हातमा पुर्‍याइन् आफ्ना संस्मरण र गन्थन-मन्थनको। आफ्ना सभासद पति नरहरि आचार्यलाई अनौपचारिक नामले बारम्बार सम्बोधन गर्दै बहुधा सार्वजनिक सरोकारमा नपर्ने प्रसंगहरू लिपिबद्ध गरिएका निबन्धको त्यो संग्रहले आम र खास पाठकबाट कस्तो प्रतिक्रिया पाएको छ भन्ने विषयचाहिँ खुलेको छैन। दुवसु क्षेत्रीको भारी आकारको कवितासंग्रह साझा प्रकाशनबाट छापियो जसका लागि उनले मदन पुरस्कार पाउँदैछन् भन्ने हल्ला पुरस्कारको घोषणा हुनुभन्दा धेरै पहिले नै चल्यो। तर अन्ततः कविले साझा पुरस्कारमा चित्त बुझाउनुपर्‍यो। यसलाई सान्त्वना पुरस्कारका रूपमा हेर्दा फरक पर्दैन भन्नेहरू पनि देखिए।

साहित्यिक पुरस्कारको हकमा यो साल लगभग सम्पूर्ण नै पृथक शारीरिक अवस्था भएकी स्रष्टा झमक घिमिरेको हकमा रह्यो भने पनि हुन्छ। उनको आत्मवृृत्तान्तपरक कृति ‘जीवन : काँडा कि फूल’ ले आप्रवासी धनाढ्य नेपाली जीवा लामिछानेले राखेको २ लाख धनराशीको पद्मश्री हरिकला पुरस्कार र त्यति नै राशीको मदन पुरस्कार पायो। निबन्धात्मक कृतिलाई दिइने उत्तम शान्ति पुरस्कार पनि उनकै पोल्टामा पर्‍यो। झमकले यी पुरस्कार पाएकोमा नेपाली समाज प्रसन्न छ। तर अमूक वर्षभरि छापिएमध्ये रचनात्मक उत्कृष्टताको मापदण्डमा अब्बल ठहरिने एउटा कृतिलाई दिइने भनी राखिएको कुनै पुरस्कार स्रष्टाको पृथक र कारुणिक शारीरिक अवस्थालाई हेरेर प्रदान गरिनु कत्तिको जायज हो भन्ने प्रश्न भने यस सन्दर्भमा बलियोसँग उठेको छ।

पुरस्कार दिने-लिने विषयलाई लिएर सधैं नै आलोचना रहँदै आएको हाम्रो साहित्यिक परिदृश्य यस साल पनि परम्पराबाट हट्न सकेन। धेरैजसो पुरस्कार कसलाई, केका लागि दिइए त्यसको पत्तोसमेत कसैले पाएन, अशक्त भएका कारण झमकले पाएका पुरस्कारहरूबाहेक। सरकारी पुरस्कार बाँड्ने ठाउँमा कवि दिनेश अधिकारी पुगेको बेलामा रचनात्मक उर्जा बाँकी भएका, प्रतिभाशाली र उमेरका हिसाबले पनि तुलनात्मक रूपमा युवा स्रष्टातिर पनि ध्यान दिइन्छ कि भन्ने आशा गरिएको थियो। तर व्यवहारमा त्यो आशा व्यर्थ हुन पुगेको छ। सरकारी पुरस्कार, पारिताोषिक, मानसम्मान, भत्ता र सहयोगमाथि कि ७० वर्षको उमेर नाघेको मुट्ठीभर मानिस कि भने राजनीतिक दलका झोले कार्यकर्ताको मात्रै जुन हकदाबी रहँदै आएको थियो, सचिव दिनेशहरि अधिकारीले पनि त्यसमा फेरबदल गर्न सकेनन् वा चाहेनन्।

पुरस्कारका प्रसंगमा हेर्दा यस साल पनि नरेन्द्र-इन्दिरा प्रसाईंको जोडीले सधैं झैं थोकका भाउमा अनेक राशीका अनेकन पुरस्कार बाँड्यो, जसका बारेमा दिने र लिनेबाहेक सायदै कसैको चासो जागृत भयो। अत्यन्त सीमित मानिसको मात्र सरोकारमा पर्ने अरू सयौं पुरस्कार भएको हाम्रो साहित्यिक संसारमा सन् २०११ मा ३ वटा ठूला राशीका पुरस्कार पनि थपिएका छन्। झापाका धनाढ्य श्रीप्रसाद ओलीद्वारा स्थापित १ लाख रुपैयाँको रुद्र-अम्बिका साहित्य पुरस्कार, ५० हजारको किराँत साहित्य प्रतिष्ठान पुरस्कारमध्ये किराँत प्रतिष्ठान पुरस्कार र साहित्यकार नगेन्द्र शर्माले राखेको नगेन्द्र-नन्दहरि वाङमय सम्मान नामको रु. ३० हजारको अर्को पुरस्कार। यी पुरस्कारमध्ये किराँत प्रतिष्ठान पुरस्कारमा राजनीतिक विचारधाराको चर्को प्रभाव देखिएको छ भने अरू दुई वटाको भविष्य कस्तो हुने हो, निश्चित भइसकेको छैन।

सन् २०११ मा नेपाली साहित्यको क्षेत्रमा केही उल्लेख्य र सकारात्मक गतिविधि भए। यस साल जनस्तरमा तीनवटा साहित्यिक मेला आयोजन गरिए। पुस्तक बिक्रेता कम्पनी बुकवर्म र एनसेल कर्पोरेसनको संयुक्त तत्वावधानमा भएको पहिलो चारदिने मेलालाई पाटन दरबार क्षेत्रमा आयोजना गरिएको साहित्य र कलाजात्रा नाम दिएको अर्को मेलाले पछ्यायो भने त्यसै बीचमा पर्यटन वर्षको उपलक्ष्य पारेर दाङ पर्यटन विकास समितिले जिल्ला सदरमुकाम घोराहीमा अर्को चारदिने साहित्यिक महोत्सवको आयोजन गर्‍यो। यी तीनै साहित्यिक उत्सव आआफ्ना किसिमले सफल रहे। दाङ महोत्सव अरूभन्दा विशेष रह्यो। यसमा भएको साहित्यकारको भव्य जमघट र त्यसले समेटेको क्षेत्र र कार्यतालिकाका कारण।

बिपी कोइराला नेपाल-भारत फाउन्डेसनको आर्थिक सहयोगमा प्रत्येक वर्ष भारतीय लेखक तथा सामाजिक व्यक्तित्व अजित कौरले आयोजना गर्ने नेपाल-भारत साहित्य तथा कला महोत्सव यस वर्ष पनि भयो। डेढ दशकभन्दा बढी समयदखि श्रीमती कौरको एकल वर्चश्वमा भइरहेको त्यो द्विदेशीय कार्यक्रम जस्तो हुनुपर्ने हो, त्यस्तै भयो। कर्मचारीतन्त्रको बासी गन्ध, मुख्य कर्ताधर्ताको ठस्सा र भारतीय दुतावासले सधैंका लागि पत्याएका केही तथाकथित बुद्धिवादीका बीच थोरै समर्पित स्रष्टा खुम्चिएर बसिरहेका देखिए कार्यक्रम अवधिभर। तर त्यसै कार्यक्रम अन्तर्गत भएको नेपाल र भारतका कविको संयुक्त कवितावाचन कार्यक्रम भने निकै रोचक र सफल रह्यो।

हालका दिनमा लगातार र विभिन्न ठाउँमा भएका पुस्तक प्रदर्शनी, पुस्तक प्रवर्द्धनका लागि सञ्चार माध्यम, खास गरी छापाहरूले देखाएको सद्भाव र प्रकाशकद्वारा सञ्चालन गरिएका पुस्तक बिक्रीका आक्रामक प्रवर्द्धनात्मक कार्यक्रम साहित्य विकासका लागि महत्वपूर्ण उपकरण सावित भएका छन्। सन् २०११ मा पनि यस्ता सकारात्मक क्रियाकलाप जारी नै रहे अझ घनीभूत रूपमा। प्रकाशन नेपालयले सुरु गरेको आफ्ना प्रकाशनको आक्रामक प्रवर्द्धन योजनालाई फाइनप्रिन्ट, हिमाल बुक्स र सांग्रिला जस्ता अन्य संस्थाले पनि पछ्याउँदै आएका छन्। अब यो शैलीलाई साझा प्रकाशन, रत्न पुस्तक भण्डार जस्ता ठूला प्रकाशन गृहले पनि आत्मसात गर्न आवश्यक भइसकेको छ यदि कडा प्रतिस्पर्धात्मक प्रकाशन व्यवसायमा सफलतापूर्वक टिकिरहने हो भने।

सन् २०११ मा साझा प्रकाशनको व्यवस्थापनले त्यसको मासिक प्रकाशन ‘गरिमा’ को सम्पादकीय जिम्मेवारी त्यहीँकै कर्मचारीको हातबाट झिरेर कवि तथा अनुभवी सम्पादक अविनाश श्रेष्ठलाई सुम्पिएपछि पत्रिकाको गुणवत्तामा देखिएको सुधार एउटा उल्लेख्य घटना बन्न पुगेको छ। कुनै पनि विभागीय साहित्यिक प्रकाशनको सम्पादन कर्मचारी मनोवृत्ति भएको सम्पादकबाट भन्दा सृजनात्मक सोच भएको बाहिरबाट ल्याइएको सम्पादकबाट राम्रोसँग हुन सक्छ भने कुरा प्रमाणित भएको छ।

नेपाल समेत एउटा अंग रहेको प्रतिलिपि अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय अभिसन्धि र आफ्नै मुलुकको प्रतिलिपि अधिकार संरक्षण सम्बन्धी ऐनकानुनको धज्जी उडाउँदै विदेशी लेखकका किताब मूल र अनुवाद दुवै संस्करणमा छाप्दै बेच्दै गर्ने अवैध व्यवसाय सन् २०११ मा पनि अक्षरको दुनियामा चोरबाटोबाट पसेका ठगले निर्वाध रूपमा चलाएको देखियो। यिनको त्यस्तो गैरकानुनी व्यापारमाथि अंकुश लगाउन सरकार त उद्यत भएन नै, वैध ढंगले व्यवसाय चलाइरहेका प्रकाशनगृहले समेत आफूले आयोजन गर्ने साहित्य र पुस्तक मेलामा तिनको सहभागिता हुन दिएर चोरलाई भद्राशन उपलब्ध गराएझैं गरेका छन्। आइन्दा पुस्तक व्यवसायी संगठन र साझा प्रकाशन आदिले पुस्तक प्रदर्शनी र मेलाको आयोजना गर्दा प्रतिलिपि अधिकार उल्लंघनकर्तालाई तिनमा प्रवेश दिने छैनन् भन्ने आशा गर्न सकिन्छ।

अनुवादका माध्यमबाट नेपाली साहित्यलाई विश्वको विशाल पाठक समूहसम्म पुर्‍याउने र अरू भाषा जान्ने नेपालीलाई अन्य भाषाका उत्कृष्ट साहित्यको रसास्वादन गराउने अभियानका दृष्टिले भने सन् २०११ पहिले पहिले जस्तै निराशाजनक रह्यो। भाषा साहित्यको प्रवर्द्धनका दृष्टिले अत्यन्त महत्वपूर्ण यो काममा अग्रेसर हुनुपर्ने नेपाल प्रज्ञाप्रतिष्ठान लगभग निस्त्रि्कय नै रह्यो। निजी क्षेत्रका प्रकाशनले गराएका अनुवादको स्तर यति खराब छ हामीकहाँ, अनुदित पुस्तकका लेखकको अपमान गर्न भाषान्तर गरिएजस्तो लाग्छ। यस साल पुराना गजलकार रामबहादुर पहाडीले महान रुसी साहित्यकार लियो टल्सटयको विश्वप्रसिद्ध उपन्यास ‘युद्ध र शान्ति’को अनुवाद गर्ने साहस गरे। तर अन्तिम सम्पादनमा पर्याप्त ध्यान दिन नसकेकाले यो अनुवाद प्रशंसा गर्न लायक हुन सकेन।

सन् २०११ मा निकै किताब छापिए। पढेलेखेका मानिसमा साहित्यप्रतिको अभिरुचि ह्वातै बढेको शुभलक्षण हो यो। पुस्तक प्रकाशनका साथसाथै विमोचन र अन्तक्रिया कार्यक्रम आयोजनाको प्रचलन पनि बढेको बढ्यै छ। यो पनि अर्को खुसीको कुरो हो, विमोचन कार्यक्रमको समाचार दिने क्रममा छापाहरू र एफएम रेडियोेले किताबको सित्तैमा प्रचार जो गरिदिन्छन्। तर विमोचन कार्यक्रममा वक्ताका रूपमा आउने अनुहार भने एकैखाले हुने पनि लगभग प्रचलन नै बनेको देखिन्छ। सन् २०१० सम्म यस मेसोमा गोविन्दराज भट्टराईको एकलौटीजस्तै थियो भने सन् २०११ मा कुमारप्रसाद कोइराला र लक्ष्मणप्रसाद गौतम सबैभन्दा बढी खोजिने वक्ता भएका छन्। सन् २०११ मा डायस्पोरिक नेपाली साहित्य, त्यसका गतिविधि, त्यसले दिने पुरस्कार र त्यसको आडमा युरोप अमेरिकातिर घुम्न जाने लेखकको पनि दबदबा जस्तै रह्यो। यो संस्थाको नेपाल च्याप्टर पनि यसै साल पुनर्गठन भयो।

सन् २०११ को एउटा उपलब्धि भनेको आनी छोइङ डोल्माको पुस्तक ‘फूलको आँखामा’ को नेपाली संस्करण आउनु पनि हो जसले थोरै समयमा दस हजारभन्दा बढी बिक्री हुने कृतिको कीर्तिमान कायम गरेको छ। अघिल्लो साल अर्की साहित्यकार तारा राई लेखेको ‘छापामार युवतीको डायरी’ भन्ने पुस्तकले पनि बिक्रीको यस्तै कीर्तिमान राखेको थियो। सन् २०११ को अन्त्यतिर छापिएको अर्की महिला अनुपम रोशीको पृथक र सनसनीपूर्ण विषयवस्तुमा आधारित उपन्यास ‘कुमारी आमा’ ले पाठकबाट कस्तो स्वागत पाउने हो, हेर्न बाँकी छ।

२०६८ साल पौष २४ गते आईतवार।

गजल
नैतिकता नि:शब्द लजाएर गए

मुठ्ठीभरका आफ्ना रजाएर गए

भोकभोकै रित्ताले, धुम्धुम्ती कुरे नि

चारै दिशा आफ्नै सजाएर गए

आशभरी आँखाले, साथ जति भरे नि

उल्टै पो सबलाई कजाएर गए

निष्ठाका नौसुत्र, सालभरी जपे नि

खुल्ने, घुल्ने सबै बजाएर गए।

गजल
आफ्नो व्याथा आफै लेख्छु, संझी कस्ले केर्दिन्छ र

फूलैफूल् ले मेरो घर, सित्तै कस्ले घेर्दिन्छ र

तागत् हुञ्जेल तपाईं भएँ, रागले सँधै रोजाई भएँ

निभ्दै गा’छ ऐले आगो, मेरो कस्ले हेर्दिन्छ र

सक्ने हुँदा शत्-सहारा, बल् हुँदा म बल्दो भएँ

जिर्ण भा’को मेरो दलिन्, आज कस्ले फेर्दिन्छ र

हाँक्ने हुँदा हाम्रो भएँ, दिलको साह्रै राम्रो भएँ

नाङ्गो आङ्मा यौटा झुत्रो, आज कस्ले बेर्दिन्छ र?

मधुमेहबाट जोगिऔं
स्रोत: कान्तिपुर

- डा. प्रदीपकृष्ण श्रेष्ठ

विश्वभरि नै जीवनशैलीमा आएको परिवर्तन, विशेषगरी खानपान, निस्क्रिय जीवनशैली, मोटोपन र तनावग्रस्त वातावरणको कारण मधुमेहले भीषण रूप लिइरहेको छ । विश्व स्वास्थ्य संगठनको सन् १९९७ मा प्रकाशित प्रतिवेदनअनुसार १९९५ मा विश्वमा जम्मा १२ करोड ४७ लाख मधुमेह भएका मानिसहरू थिए । समयमै  मधुमेह रोकथामका चेतनामूलक उपायहरू अवलम्बन नगर्ने हो भने २०२५ सम्ममा यो संख्या दोब्बरभन्दा बढी भई महामारीको रूप लिने अनुमान गरिएको छ । तर आज उक्त प्रतिवेदनको १४ वर्षपछिको स्थिति अनुमान गरिएको भन्दा भयावह भएको देखिन्छ । दुर्भाग्यवश, उक्त वृद्धिको भार विकसित राष्ट्रहरूमा भन्दा जीवनशैलीमा व्यापक परिवर्तन भइरहेको नेपालजस्तो विकासशील राष्ट्रहरूले बहन गर्नु पर्नेछ ।

रगतमा चिनीको मात्रा बढी हुने अवस्थालाई मधुमेह भनिन्छ । मधुमेह चार प्रकारका छन् । संसारमा दोस्रो प्रकारको मधुमेह महामारीको रूपमा बढिराखेको छ । तीव्र रूपमा आर्थिक तथा सामाजिक परिवर्तन भइरहेका विशाल भारत तथा चीनमा मधुमेही जनसंख्याको वृद्धिदर संसारमा सबैभन्दा उच्च रहेको छ । यी दुई ठूला राष्ट्रबीच चेपिएको र समान रहनसहन तथा तीव्र रूपान्तरित भइरहेको नेपालमा पनि मधुमेहको वृद्धि केही कम छैन । यस जटिल समस्याबारे जनचेतना अभिवृद्धि गराउन विश्व स्वास्थ्य संगठनले नोभेम्बर १४ लाई विश्व मधुमेह दिवस घोषणा गरेको छ ।

के मधुमेह रोकथाम गर्न सकिन्छ ?

विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरूले महामारीको रूप लिइरहेको दोस्रो प्रकारको मधुमेहलाई थोरै प्रयासबाट जोखिममा परेका व्यक्तिहरूले जीवनशैलीमा परिवर्तन गरेर अर्थात् स्वस्थ जीवनशैली अपनाएर रोकथाम गर्न सकिने कुरा पुष्ट्याइसकेको छ ।

दोस्रो प्रकारको मधुमेह हुनसक्ने सम्भाव्य व्यक्तिहरू

- भुडीमा लागेको मोटोपन (नाइटोमा पेटको गोलाइः महिलामा ८० से.मि. र पुरुषमा ९० से.मि.भन्दा  ठूलो) बढी भएका व्यक्तिहरू

-निष्क्रिय जीवनशैली वा व्यायाम कम गर्ने व्यक्तिहरू (लगातार ४५ मिनेटभन्दा कम हिँड्ने)

-वंशानुगत वा नजिकको नातेदारमा दोस्रो प्रकारको मधुमेह भएका व्यक्तिहरू

-गर्भावस्थामा मधुमेह भएकी आमा तथा तिनबाट जन्मेको बच्चाहरू

-रगतमा चिनी, सामान्यभन्दा केही धेरै भएकाहरू अर्थात् कमसेकम ८ घन्टा खाली पेटमा चिनी जाँच्दा १०० देखि १२५ मि.ग्रा. प्रति डे.लि. वा ८२.५ ग्राम चिनी पानीमा घोलेर खाली पेटमा खाएको २ घन्टापछिको रगत जाँच्दा १४० देखि १९९ मि.ग्रा. प्रति डे.लि. हुने वा भएका व्यक्तिहरू

-रगतमा असामान्य चिल्लो भएका व्यक्तिहरू

-उच्च रक्तचाप भएका व्यक्तिहरू

-तनावग्रस्त जीवनशैली भएका व्यक्तिहरू।

माथि उल्लिखित जोखिमका व्यक्तिहरूले निम्न बुँदाहरू गम्भीरता साथ लागू गर्न सकेमा मधुमेह रोकथाम गर्न सकिन्छ:-

सक्रिय जीवनशैली (कमसेकम हप्ताको १५० मिनेट फटाफट हिँड्ने)।

उचित पेटको गोलाइ कायम गर्ने।

चिनी वा गुलियो पदार्थको कम प्रयोग गर्ने।

चिल्लोयुक्त खानामा परहेज गर्ने।

तरकारी र फलफूलको बढी सेवन गर्ने।

यसर्थ, उचित पेटको गोलाइ, सन्तुलित खाना तथा नियमित व्यायाम नै मधुमेह रोकथामको मूलमन्त्र हो । यस मूलमन्त्रलाई समाज, स्कुल, परिवार र व्यक्तिसम्म पुर्‍याउन सबै तहका मानिसहरूको सहयोग नितान्त जरुरी छ ।  यसबाट नेपालले धेरै सस्तोमा मधुमेहको महामारीबाट मात्र होइन, हृदयाघात, पक्षाघात, अन्धोपन, मृगौलामा हुने खराबीजस्ता जटिल रोगबाट राहत पाउने थियो । स्वास्थ्यमा खर्चिने बजेट परिवार र देशले अरूमा केन्दि्रत गर्नसक्ने थियो ।

आफ्नो रोगसम्बन्धी अपर्याप्त ज्ञान तथा जीवनभरि गर्नुपर्ने खर्चिलो उपचारको कारण धेरै व्यक्तिले मधुमेहको उचित उपचार गर्नसकेका छैनन् । परिणामस्वरूप अनियन्त्रित रक्त ग्लुकोजको कारण उत्पन्न जटिल दुष्परिणामबाट ग्रस्त व्यक्तिहरूको संख्या बढ्दो छ । तसर्थ झन् खर्चिलो उपचार गर्न बाध्य व्यक्तिहरूको संख्या बढ्दैछ । त्यस्तै चमत्कारिक उपचार गरिदिन्छु भन्ने मिथ्यापूर्ण सन्देश दिनेहरू तथा भ्रमको खेती गर्नेबाट पनि रोगीलाई बचाउन सकिरहेको छैन ।

हालसम्म पूर्णरूपमा निको पार्न नसकिएकोले मधुमेह भएपछि जीवनभरि उपचारमा रहनुपर्ने आवश्यकताका साथै मधुमेह अनियन्त्रित भएर देखापर्ने जटिल समस्याहरूका कारण मुख्यतया आँखाको खराबी भई लेजर थेरापी गर्नुपर्ने वा अन्धोपन, मृगौलाको खराबीले डायलाइसिस र मृगौला प्रत्यारोपण गर्नुपर्ने, उच्च रक्तचाप, हृदयाघात, पक्षाघात, खुट्टाको नसा र रक्तनलीमा खराबीले खुट्टाको समस्या वा काटेर फाल्नुपर्ने अवस्था आदिबाट बचाउनु नै उपचारको लक्ष्य हो । मधुमेह सुरुदेखि नै नियन्त्रणमा राख्नसकेमा उक्त समस्याहरूबाट बच्न सकिन्छ वा घटनालाई पछि सार्न सकिन्छ ।

मधुमेह उचित नियन्त्रणका उपायहरू

मधुमेहको उचित नियन्त्रणका लागि यस सम्बन्धी शिक्षा पहिलो अपरिहार्य उपाय हो । शिक्षाले आफ्ना समस्याहरूलाई नियन्त्रणमा राख्न र आफ्नो परिवारलाई मधुमेहबाट बचाउन प्रोत्साहित गर्छ, जसको अभ्यास विश्वभरि गरिन्छ । खानाको सही ज्ञान तथा नियमित शारीरिक व्यायाम अर्को महत्त्वपूर्ण उपाय हो । यी उपायहरू कुनै खराब असर नभएका औषधी सरह हुन् । यी उपायहरू अपर्याप्त भएमा खाने औषधी तथा इन्सुलिन सुईको समेत समयमा प्रयोग गर्नुपर्छ । औषधी- शिक्षा, व्यायाम तथा उचित खानाको विकल्प होइनन्, यी सबै एकसाथ गर्नुपर्छ ।

[प्रा. श्रेष्ठ नर्भिक इन्टरनेसनल हस्पिटलका डायबेटोलोजी तथा ग्यास्ट्रोइन्टेरोलोजी सम्बन्धी सिनियर कन्सल्ट्यान्ट हुन् ।]

२०६८ साल कार्तिक २४ गते विहीवार प्रकाशित।

सन्दर्भ: विश्व मधुमेह दिवस
स्रोत: कान्तिपुर

-डा. रबा थापा

समयमै ध्यान दिऊँ।

शरीरमा चिनी, अर्थात् ग्लुकोजको व्यवस्थापन र उपयोग गर्न सहयोग गर्ने इन्सुलिनको कमी भएमा वा कुनै कारणवश यसको काममा अवरोध आएमा रगतमा चिनीको मात्रा बढ्ने अवस्थालाई हामी मधुमेह भन्ने गर्छौं। यो एक दीर्घरोग हो, जसले विस्तारै शरीरका सम्पूर्ण प्रणालीलाई प्रभावित गर्छ । खासगरी यसले शरीरका मुख्य संवेदनशील अंगहरू जस्तै: आँखा, मृगौला, मुटु, स्नायु र खुट्टामा असर गरी विभिन्न समस्या निम्त्याउँछ ।

हाल विश्वभर नै मधुमेह रोग एक विकराल स्वास्थ्य समस्याको रूपमा देखापरेको छ र दिनानुदिन यो संख्या बढ्ने क्रममा देखिन्छ । विश्व स्वास्थ्य संगठनको एक तत्थ्यांक अनुसार सन् २००० मा २.८५ प्रतिशत जनसंख्यालाई मधुमेह भएको र सन् २०३० सम्ममा यो संख्या झन्डै दोब्बर अर्थात् ४.४५ प्रतिशत हुने अनुमान गरिएको छ । यी मध्ये करिब ७० प्रतिशत बिरामी विकासोन्मुख देशमा र त्यसमा पनि करिब आधाभन्दा बढी मधुमेहका बिरामीको हिस्सा एसियाली मुलुकहरूमा हुने आँकडा छ । हाल विश्वमा करिब २८४ मिलियन मधुमेहका रोगी भएको र प्रत्येक दस सेकेन्डमा दुई जना नयाँ मधुमेहका बिरामी थपिने, एकजना भन्दा बढी व्यक्तिको मधुमेहजन्य समस्याबाट मृत्यु हुने गरेको छ । जसमध्ये ८० प्रतिशत मृत्यु विकासोन्मुख देशमा हुने गरेको तत्थ्यांकमा देखाइएको छ ।

नेपालमा पनि मधुमेह रोग एक प्रमुख स्वास्थ्य समस्याको रूपमा देखापरेको छ । खासगरी सहरी क्षेत्रका वासिन्दामा अत्यन्तै बढ्दो मात्रामा देखिएको छ । नेपाल मधुमेह संघको एक प्रतिवेदन अनुसार सहरी क्षेत्रमा २० वर्ष माथिका कुल जनसंख्या मध्ये १५ प्रतिशत र ४० वर्ष माथिका करिब १९ प्रतिशतमा मधुमेह रोग भएको देखाइएको छ । हाल नेपालमा करिब आठ लाख मधुमेहका बिरामी रहेको अनुमान गरिएको छ । बढ्दो सहरीकरणसँगै शारीरिक व्यायामको कमी, खानपिनमा आएको परिवर्तन, मोटोपनको नै यो रोग फैलिनुका प्रमुख कारक तत्त्व हुन् । ९०-९५ प्रतिशत मधुमेहका बिरामी खासगरी वयस्क अर्थात् ४० वर्ष माथिकालाई हुने गर्छ । जसलाई दोस्रो प्रकारको मधुमेहमा वर्गीकरण गरिएको छ । बच्चाहरूमा देखिने पहिलो प्रकारको मधुमेह पनि वाषिर्क ३ प्रतिशतले बढेको छ । जसअनुसार प्रत्येक वर्ष संसारमा ७०,००० बालबालिका यस समस्याबाट प्रभावित हुने अनुमान छ । तेस्रो प्रकारको मधुमेह गर्भावस्थामा देखिन्छ । जसबाट करिब एक प्रतिशत गर्भवती महिला प्रभावित हुने गरेको पाइन्छ । धेरैमा शिशु जन्मेपछि मधुमेहको अवस्था हटे पनि कतिपय महिलामा यो रोग जीवनभर नै हुनसक्छ ।

मधुमेह सरुवा रोग होइन, तर यो हुने कारणहरू मध्ये वंशानुगत पनि प्रमुख कारणको रूपमा देखिएको छ । बुबाआमा मध्ये एकजना अथवा दुवै जनामा मधुमेह भएमा छोराछोरीलाई पनि हुने सम्भावना अत्यन्तै बढी हुन्छ । अतः परिवारमा मधुमेह भएमा अन्य व्यक्ति विशेष सचेत हुनु आवश्यक छ । मधुमेह रोग भएमा देखिने प्रमुख लक्षणमा धेरै पिसाब हुने, तिर्खा ज्यादै लाग्ने, भोक धेरै लाग्ने र राम्ररी खाए पनि दुब्लाउँदै जाने, बराबर घाउखटिरा आउने तर छिटो निको नहुने, बेहोश हुने, आँखा धमिलो हुनेजस्ता लक्षणहरू देखापर्न सक्छन् । यद्यपि कतिपयमा यी लक्षण नहुन पनि सक्छन् । रगतमा ग्लुकोजको मात्रा जाँच गरेपछि मात्र यस रोगको निदान गर्न सकिन्छ ।

मधुमेह हुँदा आँखामा देखिने असर

मधुमेहले शरीरका अन्य भागहरू जस्तै आँखाको दृष्टि पर्दा (रेटिना) का रक्त नसाहरूमा असर पुर्‍याई दृष्टि कमजोर पार्नुका साथै व्यक्तिलाई अन्धो समेत  बनाउन सक्छ । जसलाई “डाइबेटिक रेटिनोपेथी” भनिन्छ । रेटिना आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्त्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली हो । जसलाई नाङ्गो आँखाले देख्न सकिँदैन । मधुमेहले असर गर्दा शुरुमा रेटिनामा रक्तस्राव हुने, चिल्लो पदार्थ जम्मा हुने र सुजन देखापर्छ । तर यदि समयमै उपचार (लेजर पद्धति) नभए नयाँ-नयाँ रक्तनसाको वृद्घकिा साथै अत्यधिक रक्तस्राव हुने, पर्दा खुम्चिने, उप्कने र जलविन्दुको समस्या भई दृष्टि सधैंका लागि गुम्ने हुन्छ । सुरुको अवस्थामा बिरामीलाई कुनै पनि लक्षण देखिँदैन, तर दृष्टि धमिलो हुँदा रेटिनामा धेरै असर तथा क्षति भइसकेको हुन्छ । जसबाट दृष्टि बचाउन धेरै नै गाह्रो हुन्छ । नेपालजस्तो विकासोन्मुख देशमा यो संख्या निकै बढी हुनसक्ने अनुमान सहजै गर्न सकिन्छ । सही ज्ञानको अभावका कारण धेरै बिरामी दृष्टि धमिलो भएपछि मात्र आँखा जचाउन आउने हुँदा यो रोगले आँखामा धेरै असर पुर्‍याइसकेको हुन्छ र दृष्टि बचाउन निकै गाह्रो पर्छ । डाइबेटिक रेटिनोपेथीको कारण मधुमेह भएको १५ वर्षको अवधिमा २ प्रतिशत मधुमेहका बिरामी दृष्टिविहीन हुने र १० प्रतिशतमा ज्यादै न्यून दृष्टि हुने गरेको देखिएको छ ।

रेटिनामा छिटो असर देखापर्ने अन्य कारणहरूमा सानै उमेरमा देखापर्ने मधुमेह, रगतमा ग्लुकोजको मात्रा नियन्त्रणमा नहुनु, साथमा उच्च रक्तचाप, रगतमा चिल्लो पदार्थको अधिकता, मृगौलाको समस्या, धूमपान सेवन, मोटोपन, रक्तअल्पता र गर्भावस्था प्रमुख मानिन्छन् । मधुमेहका बिरामीमा आँखामा देखापर्ने अन्य समस्यामा आँखाको परेलामा पटक-पटक खटिरा (आनो) देखापर्ने, दृष्टि तिरमिर हुने, चस्माको पावर छिटोछिटो परिवर्तन हुने, आँसुको कमी (सुख्खापन बढ्ने), आँखाको संक्रमण बढी हुने, मोतीविन्दु छिटो देखापर्ने र जलविन्दुको सम्भावना बढी हुन्छ । हाल विश्वमा भएका कुल दृष्टिविहीन मध्ये ४.८ प्रतिशत मधुमेहका कारण भएको पाइएको छ ।

मधुमेहले हुने अन्धोपनबाट बच्ने उपाय

४० वर्ष नाघेका र परिवारमा मधुमेह हुने व्यक्तिहरूले नियमित रगतमा ग्लुकोजको जाँच गराइराख्नुपर्छ, ताकि समयमै रोग पत्ता लगाउन सकियोस् । प्रत्येक वर्ष कम्तीमा एकपटक आँखाको रेटिना परीक्षण गराउनु पर्छ । उच्च रक्तचाप, चिल्लोपनाको अधिकता, मृगौलामा असर भएका  र धूमपान गर्ने व्यक्तिहरू तथा गर्भावस्थामा रेटिनामा असर धेरै देखापर्ने हुँदा यस्ता व्यक्तिहरूले विशेष सावधानी अपनाउनु पर्छ । यदि मधुमेहका बिरामीको रेटिनामा असर देखा परिसकेको भए नेत्र विशेषज्ञले भनेको समयमा नियमित परीक्षण र आँखाको उपचार गराउनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्नुपर्छ, जुन खानपिनमा परहेज, शारीरिक व्यायाम र औषधीको प्रयोगले सजिलै नियन्त्रण गर्न सकिन्छ । यी सावधानी अपनाउन सकेको खण्डमा मधुमेहले गर्दा हुने अन्धोपनबाट धेरै हदसम्म बच्न सकिन्छ । स्वास्थ्य शिक्षा र जनचेतनामा अभिवृध्दी गर्नु नै मधुमेह रोगको रोकथाम र नियन्त्रणको सजिलो र प्रभावकारी उपाय हो ।

२०६८ साल कार्तिक २८ गते।

मधुमेहले अन्धोपन
स्रोत: कान्तिपुर

-अतुल मिश्र

नियमित आँखा परीक्षण आवश्यक।

दुई दशकदेखि मधुमेहले ग्रस्त जीवन श्रेष्ठलाई अन्ततः झन्डै आँखाको दृष्टि गुमाउनुपर्ने स्थिति आयो । नियमित रूपमा आँखाको परीक्षण नगराउने श्रेष्ठलाई एक्कासि देख्न समस्या भएपछि आँखा परीक्षण गराउँदा मधुमेहले दृष्टिमा असर परेको जानकारी पाए ।

आँखा पछाडिको भागमा रक्तनली फुटेर जमेको द्रव्य (तरल पदार्थ) झिक्ने शल्यक्रिया भिट्रेक्टोमी गरेपछि उनको स्थितिमा सुधार आएको छ । विश्व स्वास्थ्य संगठनको अनुसार डाइबिटिक रेटिनोप्याथी अन्धोपनको एउटा प्रमुख कारण हो ।

‘मुलुकमा अन्धोपनको प्रमुख कारकमध्ये एउटा मधुमेह रोगले समेत स्थान लिएको छ,’ तिलगंगा आँखा प्रतिष्ठानका निर्देशक प्रा.डा. सन्दुक रुइत भन्छन्, ‘बदलिँदो जीवशैली र सहरीकरणले निम्तिएको मधुमेहले अन्य अंगसँगै आँखामा समेत प्रभाव पार्दैछ ।’

एक नयाँ अध्ययनका आधारमा मुलुकमा करिब दुई लाख व्यक्तिमा मधुमेहका कारण आँखा सम्बन्धी समस्या डाइबिटिक रेटिनोप्याथी रहेको अनुमान गरिएको उल्लेख गर्दै बीपी आँखा केन्द्र, त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. डीएन साह भन्छन्, ‘यसमध्ये करिब २० हजार व्यक्तिलाई दृष्टि क्षमताको कमीसँगै अन्धता छ ।’

मधुमेहका रोगी डाइबिटिक रेटिनोप्याथीको प्रभावले अनजान हुन्छन् जो शरीरमा रक्तनलीको अनियमित परिवर्तनले हुन्छ र आँखाको पर्दालाई क्षति पुर्‍याउँछ । मधुमेहले आँखा पछाडिको पर्दा (रेटिना)मा भएको रक्त धमनीलाई क्षति पुर्‍याउने प्रक्रिया नै डाइबिटिक रेटिनोप्याथी हो ।

डाइबिटिक रेटिनोप्याथीको समस्या काठमाडौं लगायत मुलुकका सहरी क्षेत्रमा बढी देखिने गरिएको प्रा.डा. रुइत बताउँछन् । हाल यस्तो समस्या बढी मात्रामा मध्यम र उच्च वर्गमा देखिएको छ ।

मधुमेहले शरीरका प्रमुख अंगहरू जस्तै मस्तिष्क, मुटु, मृगौला र आँखालाई क्षति पुर्‍याउँछ । डाइबिटिक रेटिनोप्याथी बिनाकारण अन्धो हुने एउटा प्रमुख समस्या हो जसको रोकथाम सम्भव छ ।

‘मधुमेहले रक्तनलीको पर्खाललाई प्रभावित गर्छ, जसले रेटिनासम्म अक्सिजन लिएर जाने नशा कमजोर हुन्छ,’ प्रा.डा. साह भन्छन्, ‘मधुमेह जति लामो समयसम्म रहिरहन्छ, डाइबिटिक रेटिनोप्याथीको सम्भावना त्यति नै बढ्छ ।’ डेढ दशक पुरानो नियन्त्रित मधुमेहका रोगीलाई पाँच वर्ष पुरानो अनियन्त्रित मधुमेहका रोगीको दाँजोमा रेटिनोप्याथी हुने खतरा बढी हुन्छ । चिनीको मात्रा नियन्त्रित नहुँदा मधुमेहका रोगी डाइबिटिक रेटिनोप्याथीको सिकार हुन पुग्छन् ।

यूएस डिपार्टमेन्ट अफ हेल्थ एन्ड ह्युमन सर्भिस अन्तर्गत नेसनल आई इन्स्िटच्युटको तथ्यपत्र अनुसार केही व्यक्तिमा रेटिनामा भएको रक्तनली सुन्निएर चुहिने गर्छ । यस्तै केही व्यक्तिमा असामान्य रक्तनलीहरू रेटिनानजिक बन्ने गरेका हुन्छन् ।

आँखाको पछाडि रहने रेटिना सम्वेदनशील तन्तु हो । राम्रो दृष्टिका लागि एउटा स्वस्थ रेटिना आवश्यक हुन्छ । डाइबिटिक रेटिनोप्याथीले मुख्यतः दुवै आँखा प्रभावित हुन्छन् ।

नेसनल आई इन्स्टच्युटका अनुसार मधुमेह भएकाहरूले डाइबिटिक रेटिनोप्याथीका लक्षणहरू देखिएपछि उपचार गर्छु भनेर पर्खनु हुँदैन किनकि यसको प्रारम्भिक अवस्थामा कुनै लक्षण र दुखाइ देखिने गरेको पाइँदैन । यसको निदान भनेकै वर्षेनि न्यूनतम एकपटक आँखा परीक्षण गर्नु नै हो ।

रेटिनाको एउटा खण्ड “मेकुला” रगत चुहिएर सुन्निँदा दृष्टि धमिलो हुन्छ । यो स्थितिलाई मैकुलर इडिमा भनिन्छ । यदि रेटिनाको सतहमा नयाँ रगतको नली बन्छ भने यसले आँखाभित्र रगत चुहिएर दृष्टिमा अवरोध पुर्‍याउँछ ।

यसको उपचारमा भने हाल मुलुकमा लेजर, एन्टिभीईजीएफ एजेन्ट इन्जेक्सन र भिट्रेक्टोमी उपलब्ध छ ।

लेजरले रेटिनामा अक्सिजनको आवश्यकतालाई कम गर्छ । यस्तै एन्टिभीईजीएफ एजेन्ट इन्जेक्सनले रेटिनामा रक्तनलीको विकासलाई रोक्छ भने भएका कमजोर रक्तनलीलाई बलियो बनाउँछ । यस्तै भिट्रेक्टोमीअन्तर्गत आँखाभित्र रक्तस्रावलाई बाहिर निकालिन्छ ।

मधुमेह पीडित महिलाले गर्भधारण गरेको तेस्रो महिनामा आँखाको विस्तृत परीक्षण गराउनुपर्छ । र, पछि पूरा गर्भावस्थाको समयमा समेत मधुमेह सँगसँगै आँखाको समस्याबाट बचाउका लागि आँखा परीक्षण गराउँदै रहनुपर्छ ।

‘मुलुकका सबैजसो ठूलो अस्पतालमा यो सेवा उपलब्ध छन्,’ प्रा.डा. रुइत भन्छन्, ‘सामान्य व्यक्तिलाई समेत आँखाको नियमित परीक्षण आवश्यक छ भने अझ मधुमेह भएकाहरूले त विषेश ख्याल पुर्‍याएर नियमित आँखा परीक्षण गराउनुपर्छ ।’

सूर्तिजन्य पदार्थ त्यागौं

मधुमेह रोगीका लागि सूर्तिजन्य पदार्थ हानिकारक मानिन्छ । मधुमेह भएकालाई रेटिनोप्याथी हुन सूर्तिजन्य पदार्थ सेवनले धेरै सघाउँछ । ‘यो रोगको स्थितिलाई अझ नराम्रो बनाउनसमेत सूर्तिले महत्त्वपूर्ण भूमिका खेल्छ,’ प्रा.डा. साह भन्छन्, ‘मधुमेहमा रोगीले अन्धोपनबाट जोगिन कुनै पनि प्रकारका सूर्तिजन्य पदार्थ सेवन गर्नुहुन्न ।’

रक्तचाप नियन्त्रित राखौं

मधुमेहका रोगीले रक्तचापलाई चिकित्सकीय परामर्शअनुसार विभिन्न प्रक्रिया अपनाएर नियन्त्रित राख्नुपर्छ । ‘मधुमेहसँगै अनियन्त्रित रक्तचापले आँखाभित्र रक्तनली च्यातिने जोखिम बढाउँछ,’ प्रा.डा. रुइत भन्छन्, ‘रक्तचाप नियन्त्रणले यस्तो समस्या बचाउ हुन सक्छ ।’

आँखा परीक्षण गरौं

मधुमेह भएकाहरूले आँखामा कुनै पनि प्रकारका संक्रमण देखिए तुरन्त नेत्र चिकित्सकसँग परीक्षण गराउनुपर्छ । मधुमेह पीडितको घाउ निको हुन समस्या भएजस्तै आँखाको संक्रमण गम्भीर हुनाले तुरुन्त उपचार नगरे जोखिमपूर्ण हुन्छ ।

रेटिनोप्याथीको प्रारम्भिक लक्षण

चस्माको पावर बारम्बार परिवर्तित हुनु ।

मोतिबिन्दु हुनु।

बारम्बार आँखामा संक्रमण हुनु ।

बिहान उठेपछि कम देखिनु ।

रेटिनाबाट रगत आउनु ।

टाउको दुखाइ कायम रहनु वा एक्कासि दृश्यशक्ति कम हुनु।

बचाउ

-नियमित आँखा परीक्षण गरौं ।

- रगतमा कोलेस्ट्रोल र चिनीको मात्रालाई नियन्त्रित राखौं ।

- आँखा दुखेर अँध्यारोजस्तो महसुस भए तुरुन्त चिकित्सकीय परामर्श लिऔं ।

- मधुमेहका रोगीलाई वर्षमा न्यूनतम एकपटक आँखा परीक्षण गरौं ।

- मधुमेह भएको एक दशकपछि हरेक तीन महिनामा आँखाको परीक्षण गरौं ।

- मधुमेह भएका गर्भवतीले चिकित्सकीय परामर्श लिऔं ।

के हो मधुमेह ?

रगतमा निर्धारित सीमाभन्दा बढी चिनीको मात्रा हुनु नै मधुमेह हुनु हो । खाली पेट हुँदा रगतमा चिनीको स्तर सामान्यतः ११० मिलिग्रामभन्दा कम र ७५ ग्राम ग्लुकोज खाएको दुई घन्टापछि १४० मिलिग्राम भन्दा कम भएको अवस्था सामान्य हो । तर मधुमेहको स्थितिमा खाली पेटमा रगतमा चिनीको स्तर १२६ र ७५ ग्राम ग्लुकोज खाएको दुई घन्टापछि २०० मिलिग्रामभन्दा बढी हुन्छ ।

मधुमेहका मुख्य लक्षणहरू

थकाइ लाग्नु, कमजोरी हुनु, खुट्टा दुख्नु, ग्लुकोज ऊर्जामा परिवर्तित हुन नपाउनु, खुट्टाको घाउ निको नहुनु र गेङ्ग्रिनको रूप लिनु यसका मुख्य लक्षण मानिन्छ । बढी पिसाब र भोक लाग्नु, तीव्र रूपमा तौल घट्नु, बारम्बार चस्माको पावर परिवर्तित गर्नु, यौनाङ्गमा चिलाउनु र संक्रमण हुनु, हृदयाघात र मस्तिष्काघात हुनु पनि यसका प्रमुख लक्षणका रूपमा लिइन्छ ।

२०६८ साल कार्तिक २६ गते शनिवार।

बिछट्टको छठ पर्व
स्रोत: ई-कान्तिपुर

-धीरेन्द्र प्रेमर्षि

नेपालमा दसैं र तिहारपछि सामान्यतया मानिसहरू चाडपर्वबाट फुर्सद लिने मनस्थितिमा हुन्छन् । तर नेपालकै सांस्कृतिक प्रदेश मिथिलामा भने तिहारको लगत्तै छठी पर्वको चटारो सुरु हुन्छ । यद्यपि केही दसक अघिसम्म मिथिला क्षेत्रमा मात्र सीमित छठी पर्व आजको दिनमा समस्त हिन्दु धर्मावलम्बीहरूको एक महत्त्वपूर्ण पर्वको रूपमा स्थापित भइसकेको छ । यतिमात्र नभई मिथिलालाई आ-आफ्नो भूभागमा बाँडेका दुई स्वतन्त्र देश भारत र नेपालको यो राष्ट्रिय पर्वसमेत बनिसकेको छ । खासगरी नेपालको कुरा गर्ने हो भने आजको दिनमा छठी पर्वको नामबाट कुनै पनि नेपाली अनभिज्ञ छैनन् । सरकारले यस दिनमा सार्वजनिक विदा दिनथालेबाट मात्र नभई राजधानी काठमाडौंमा मिथिलावासीहरूले यो पर्व मनाउन सुरु गर्नुले विशेष भूमिका निर्वाह गरेको छ । विगतमा तराई विकास समाज, तराई सांस्कृतिक प्रतिष्ठान लगायतका संस्थाहरूले गएको दुई दसकदेखि काठमाडौं उपत्यकामा छठी पर्वका लागि सहज वातावरण बनाई आयोजना गर्ने विभिन्न कार्यक्रमले पनि मद्दत पुर्‍यायो । जनयुद्धताका आवागमन कष्टकर हुँदै गएपछि काठमाडौं उपत्यकामा बस्ने मिथिलावासीहरूले राजधानीमै छठी मनाउन थाल्नुले पनि यसको विस्तृतिलाई मलजल गर्‍यो ।

छठी पर्वको प्रारम्भ कहिलेदेखि भएको हो भन्ने कुराको कुनै प्रामाणिक आधार उपलब्ध छैन । साथै छठी परमेश्वरीको भाकल गरिने यस पर्वमा सूर्यलाई किन अर्घ दिइन्छ भन्ने कुरा पनि त्यति स्पष्ट छैन । ब्रह्मवैवर्त पुराणमा सूर्यसँग षष्ठी तिथिको सम्बन्धको उल्लेख छ । षष्ठीबाटै अपभ्रमसित भएर यो छठी हुनगएको कुरा स्पष्ट नै छ । यस पुराणअनुसार प्रकृति देवीले आफूलाई पाँच भागमा बाँडेकी छिन् । ती भागहरू हुन्- दुर्गा, लक्ष्मी, सरस्वती, राधा र सावित्री । प्रकृतिको छैठौं अंश षष्ठीलाई मानिएको छ । षष्ठी देवीको पूजा-आराधनाका विषयमा भविष्य पुराण र ब्रह्मवैवर्त पुराणमा चर्चा गरिएको पाइन्छ । मैथिल महाकवि विद्यापतिकृत वर्षकृत्यमा भने सूर्य षष्ठीको चर्चा प्रतिहार षष्ठीको रूपमा गरिएको छ । यिनै आधारहरूलाई लिएर छठी पर्वलाई सूर्य षष्ठी तथा प्रतिहार षष्ठीको नामबाट पनि जानिन्छ । यी प्रत्येक नाममा षष्ठी तिथिको प्रधानता छ । तर षष्ठीयुक्त सप्तमी तिथिको यसमा प्रधानता हुन्छ । खासगरी प्रतिहारको अर्थ भोलिपल्टका लागि पूजा भन्ने पनि हुन्छ । प्रतिहार शब्दले षष्ठीलाई गौण गरी सप्तमीलाई मुख्य बनाएको छ । खासगरी सप्तमी तिथिलाई सूर्यको तिथि मानिन्छ । त्यसैले पनि मुख्यतः भोलिपल्ट गरिने पूजाका लागि षष्ठीलाई विशेष महत्त्व दिइएकोले यसमा सूर्य, षष्ठी र सप्तमीको समागम हुन गएको हो ।

यो पर्व मूलतः चारदिने पवित्र अनुष्ठान हो । यसमा चतुर्थी तिथिका दिन स्नान-ध्यानपश्चात पूर्ण सात्विक भोजन गर्ने गरिन्छ, जसलाई अर्वा-अर्वाइन भनिन्छ । पञ्चमीका दिन व्रत बस्नेले एकछाकी व्रत बस्छन् । यसदिन साँझपख सक्खरमा बनाइएको खिर भगवानलाई भोग लगाई स्वयम् व्रतीले पनि त्यही ग्रहण गर्ने गर्छन् । त्यसबेलादेखि सप्तमीको बिहानसम्मका लागि छठीको निराहार व्रत प्रारम्भ हुन्छ । षष्ठीका दिन दिनभरि प्रसादहरू बनाउने काम गरिन्छ । प्रसाद बनाउनमा व्रती स्वयम्को पनि संलग्नता हुन्छ भने उनलाई सघाउनेहरूले पनि पवित्रता र शुद्धताको यथेष्ट ध्यान राख्ने गर्छन् । कतिसम्म भने छठीका लागि भनेपछि बजारमा बेच्न राखिएको वस्तुमा स्वयम् व्यापारीहरूले पनि शुद्धतामा पर्याप्त ध्यान दिने गर्छन् । कतिपय परिवारमा छठीका लागि भनेर दसैंपछि नै माछामासुको प्रवेश वर्जित गर्ने गरिन्छ ।

हालका दिनमा छठी पर्वमा तडकभडक र तामझाम देखिनथाले तापनि वस्तुतः यो ग्रामीण र कृषि पर्व हो । यो पर्व सामान्य आय भएका कृषि क्षेत्रसँग सम्बद्ध जोसुकैले पनि मनाउन सक्छन् । त्यसैले यसलाई वास्तविक अर्थमा भन्ने हो साम्यवादी पर्व भन्न सकिन्छ । यसमा धनी र गरिब बीचको फरक नछुट्टनिुका साथै छुवाछूत, जातीय वा लिङ्गीय विभेद पनि पाइँदैन । यसमा प्रसादका रूपमा चढाइने सामग्रीहरूको संख्या ७० सम्म पुर्‍याउनुपर्ने मान्यता रहेको छ । यस्ता सामग्रीमा मूला, गाँजर, ज्यामिर, बेसार, अदुवा, पिँडालु, सुन्तला, केरा, उखु, नरिवल, सुपारी, पान, गेडागुडी, दही आदि हुन्छन् । कुनै कारणले ७० प्रकारका सामग्रीहरू पुर्‍याउन सकिएन भने गम्हरी भन्ने धानको चामल चढाउँदा पुग्छ । गम्हरीलाई औषधीय गुणयुक्त धान मानिन्छ । गम्हरी लगायत सबै सामग्री एउटा कर्मशील व्यक्तिले आफैं उत्पादन गर्न सक्छन् । त्यसैले यो धनधान्य तथा आर्थिक हैसियत देखाउने नभई कृषिप्रधान क्षेत्रका मानिसको कर्मशीलता प्रदर्शनको पर्व हो । अर्को महत्त्वपूर्ण कुरा के छ भने यसमा एउटै पोखरीको चारैतिर विभिन्न जातिका व्यक्तिले घाट बनाई आ-आफ्नो पूजा गर्ने गर्छन् । यसप्रकार छुवाछूतबाट यो पर्व मुक्त रहेको छ । यसैगरी मिथिला क्षेत्रका कतिपय इस्लाम, बौद्ध, इसाई धर्मावलम्बीहरूले समेत छठी परमेश्वरीको भाकल गर्ने गर्छन् ।

छठी पर्वको सबैभन्दा आह्लादकारी पक्ष हो- यसको समय, शैली र रमझम । झिसमिसे साँझ अनि मिरमिरे बिहानीमा व्रतालुका साथै घरका सदस्यहरूको लस्कर जलाशयसम्म जाँदा र र्फकंदाको दृश्य अत्यन्तै लोमहर्षक हुने गर्छ । सबैको हातमा पूजाका कुनै न कुनै सामग्री, यी सामग्रीहरूमाथि बलिरहेको दियोले वातावरणलाई उल्लासपूर्ण बनाएको हुन्छ । जलाशय छेउमा लहरै बनाइएका पूजाका घाटहरू, मैथिल ललनाहरूद्वारा घाटैपिच्छे समूह-समूहमा आबद्ध भई छठी परमेश्वरी र सूर्यदेवको आराधनामा गाइने गीतहरू, पोखरीको डिलमा ढोल, पिपहीजस्ता परम्परागत बाजाको सुरम्य वादन, पोखरीभरि पानीमा रुझेर सूर्यलाई अर्घ दिइरहेका व्रतालुहरू, परालको सानो बुजोमाथि बलिरहेको दियो, पोखरीभरि तैरिरहेको दीप समूहले बिछट्ट रोमाञ्च र भक्तिभाव सिर्जना गर्छ ।

छठीलाई आरोग्य र उन्नतिदायक पर्व मानिन्छ । यसमा पुजिने सूर्य र जल दुवै आदिशक्ति हुन् । पुराणमा सूर्यलाई आरोग्यदायक मान्दै आरोग्यं भाष्करादिच्छेत् भनिएको छ । छठी पर्व मनाउनाले आरोग्य र विशेषगरी चर्मरोगहरूबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । चर्मरोगहरूको कारणमा प्रदूषित पानी पनि एक रहेको परिप्रेक्ष्यमा छठीले जलाशयहरू सफा राख्ने सन्देश दिएको भान हुन्छ । सबै चाडपर्वमा झैं यसबाट पनि सुख-समृद्धि प्राप्त हुने विश्वास गरिन्छ । स्वास्थ्य नै सबैभन्दा ठूलो धन हो भन्ने मान्यताअनुसार यो पनि सही नै हो । छठीले अस्ताउँदो सूर्यको समेत पूजा गरेर मानवीयताको सन्देश पनि दिइरहेको हामी पाउँछौं ।

छठीमा केरा, अदुआ, बेसार, पिँडालु आदि झुप्पावाल कुरा प्रसादका रूपमा चढाइन्छ, जसले सङ्गठनको सन्देश दिन्छ । छठीको मुख्य प्रसाद ठकुआ र भुसवा हो, जसमध्ये ठकुवाको मुटुजस्तो आकृतिलाई प्रेमको प्रतीक मान्न सकिन्छ भने भुसवा (कसार) पिठोका कण-कण एक-आपसमा जोडिएर बनेको ठोस पदार्थ कार्यगत एकताको प्रतीक हुनसक्छ । आज देशको संक्रमणकालमा सम्पूर्ण जनताले केराको काइँयोझैं सामूहिकता देखाउँदै भुसवाको संरचनागत सुदृढतालाई आत्मसात गरी अघि बढ्नुपर्छ । जनतारूपी जलाशयमा उभिएर देशरूपी सूर्यलाई सबैले पूर्ण आस्थाका साथ अर्घ दिने हो भने छठी परमेश्वरीले सम्पूर्ण नेपालीका लागि दाहिने हुनैपर्छ ।

२०६८ साल कार्तिक १५ गते मंगलवार।

तिहार पर्वको विशेषता
स्रोत: गोरखापत्र

- बोधनाथ पौडेल

विजयादशमीपछिको अर्का ठूलो चाड तिहार पनि नजिकै आइपुगेको छ । यमपञ्चकलाई प्रचलित नेपालीमा तिहार र काठमाडौंको परम्परागत नेवारी भाषामा स्वांतिचह्रे पनि भनिएको पाइन्छ । तिहारसँग सम्बन्धित विभिन्न कथनहरूमध्ये एउटाको सम्बन्ध यमराजसँग रहेको र कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म लगभग पाँच दिन मनाइने चलन भएकाले हामी यस चाडलाई यमपञ्चक पनि भन्दछौं । यमपञ्चकमा त्रयोदशीदेखि क्रमशः काग, कुकुर, गाई र लक्ष्मी, गोरु र बलि एवं गोवर्द्धन र अन्तमा यम र उनकी दिदी यमुनाको सम्झनामा दिदी बहिनीले दाजु भाइको पूजा गरेर यो पर्व समाप्त हुन्छ । पञ्चकको सुरूदेखि नै बहिनीले आˆना दाजुलाई घरमा निम्त्याउँछन् र मीठा खानेकुरा, मन परेको सामान दिई देवताको रूपमा पूजा गर्ने गर्दछन्।

भनिन्छ, मृत्युका देवता धर्मराज (-यमराज) पनि आफ्नो दैनिक कार्य स्थगित गरेर भाइटीका लगाउन आफ्नी बहिनी जमुना (-यमुना) कहाँ जान्छन् । एउटा आयु सकिएको व्यक्तिलाई लिन आएका यमदूत र स्वयं यमराजले समेत भाइटीका समाप्त नहुञ्जेल मेरो भाइलाई नलैजानुहोस् भनेर दिदीले गरेको अनुरोध स्वीकार गरी पर्खेको र अन्तमा यमराज र यमदूतलाई समेत मिष्ठान्न भोजन गराई पूजा गरी प्रसन्न बनाएपछि आˆनो भाइको आयु लम्ब्याउन दिदीले मेरो भाइको आयु समाप्त भइसकेकै छ, तपाईंहरूले नलगिछाड्नुहुन्न, त्यसैले म के वर माग्दछु भने मैले भाइलाई पूजा गर्दा लगाइदिएको मखमली फूलको माला नओइलाउन्जेलसम्म, मैले हालेको तेलको घेरा नसुक्दासम्म र ओखरले पानी नछोड्दासम्म मेरो भाइलाई नलैजानुहोला भनी चलाखी गरी वरदान मागेको हुँदा यमराजले उक्त व्यक्तिलाई लैजान नसकेको कथा पनि प्रसिद्ध छ । त्यही बेलादेखि तिहारमा दिदी बहिनीहरूले दाजुभाइहरूलाई ओखर दिने, मखमली फूलको माला लगाइदिने र तेलको घेराभित्र राख्ने चलन कायम भएको विश्वास गरिन्छ । त्यसैले भाइटीकालाई दाजुभाइ दिदीबहिनीहरूको पारस्परिक प्रेम र सद्भाव बढाउने र दुवै पक्षको कल्याणकारी चाडको रूपमा मनाइन्छ ।

तिहार पर्वका सम्बन्धमा अनेकौं कथाहरू पनि धर्मशास्त्रहरूमा वर्णन गरिएका छन्, । बलिराजाले थुनेर राखेकी लक्ष्मीलाई वामन अवतार भगवान्ले छुटाएको कथा एकातिर पाइन्छ भने अर्काेतिर बलिराजाले पातालको राज्य पाएको अवसरमा दीपावली गरेको वर्णन पनि भेटिन्छ । अर्काे कथनानुसार भगवान् विष्णुले नरकासुरलाई मारेर लोकको कल्याण गरेको उपलक्ष्यमा दीपावली मनाउने प्रचलन सुरू गरिएको थाहा हुन्छ । त्यसैगरी भगवान् रामले रावणमाथि विजय गरी अयोध्या र्फकेर राज्यारोहण गरेको अवसरमा पाँच दिनसम्म दीपावली गरिएको प्रसङ्ग पनि उल्लेखनीय छ । यहाँ यमपञ्चकका पाँचै दिनको महत्त्वबारे संक्षेपमा वर्णन गरिएको छ ।

काग तिहारः

कागलाई यमराजको सन्देशवाहक मानिन्छ । काग शुभ-अशुभ समाचारको वाहक तथा कर्कश आवाज भएको एक अशुद्ध पक्षी हो । यसले आफू फोहोर खाने अशुद्ध प्राणी भएर पनि हाम्रो वरपर फैलिएका खतरनाक एवं डरलाग्दा रोगका कीटाणुहरू खाएर हाम्रो वातावरणलाई स्वच्छ बनाउन मद्दत पुर्‍याइरहेको हुन्छ । त्यसकारण त्यही गुनको बदलामा हामी वर्षको एकपटक सम्मान दिई कागको पूजा गरेर काग तिहार पर्व मनाउँछौं । साथै हामीलाई पुर्खाहरूले कागजस्तो चङ्ख बनाउनका लागि वर्षमा एक दिन त्रयोदशी तिथिमा कागको पूजा गर्न सिकाएका हुन् कि भन्ने अनुमान पनि गर्न सकिन्छ ।

कुकुर तिहारः

चतुर्दशीका दिन विहान नदी, तलाउ, धारो, पँधेरो आदि ठाउँमा तेल लगाएर नुहाउने, अपामार्ग टाउकोमा लगाउने, नदीमा चौधवटा बत्ती बाल्ने गरिन्छ । चौध बत्ती बाल्ने प्रचलनले यमराजका चौध नामको स्मरण गराउँछ । यसो गर्नाले नरकबाट मुक्ति पाइन्छ भन्ने जनश्रुति रहेको छ । यो दिनलाई नरक चतुर्दशी अथवा कुकुर तिहार भनिन्छ । यस दिन कुकुरलाई मीठो खान दिने, पूजा गर्ने र माला लगाइदिने जस्ता कार्यबाट यमराज प्रसन्न हुन्छन् भन्ने धारणा रहेको छ किनभने कुकुरलाई यमराजको द्वारपाल मानिन्छ । कुकुर चलाख, होसियार र इमानदार प्राणी तथा स्वामीभक्त प्राणी हो । यसले घरको रक्षा गर्छ । यसैले यसको गुण र बुद्धिमत्ताको कदर गर्न वर्षमा एकपटक कुकुरको पूजा गरिन्छ । कुकुर तिहारका दिन कसैले पनि कुकुरलाई पिट्न हुँदैन भनेर बूढापाकाहरूले भन्दै आएको सुनिन्छ ।

गाईतिहार र लक्ष्मीपूजाः

यमपञ्चकको तेस्रो दिनलाई गाईतिहार भनिन्छ । औंसीको दिन पर्ने भएको हुनाले यसलाई गाईतिहारे औंसी भन्ने चलन छ । गाईतिहारे औंसी यमपञ्चक मध्येको महत्वपूर्ण दिन हो । मानिसहरूका लागि अत्यावश्यक साक्षात आमा सरह मानिएकी गौमाताको रूपमा गाईलाई पुजिनु स्वाभाविकै हो । लक्ष्मीको प्रतिरूप मानिएकी गौमाताको पूजा गर्नु हिन्दूहरूको निम्ति एउटा गौरवको विषय पनि हो । यस उपमहाद्वीपमा खेतीको विस्तार भएपछि नै गाई र गोरुको महत्त्वले नयाँ आयाम पायो । गाईले दूध दिने, गोरु पनि जन्माउने र गोरुले खेती तथा अनन्य कार्यमा ठूलो सघाउ पुर्‍याउने हुनाले गाई सबैका आमा र गोरु सहयोगी जनावर मानिए । यसैले गाईले मानिसहरूलाई गरेको गुणको सम्झनामा यस दिन विहानै गाईको सिङ् र खुरमा तेल लगाई जीउभरि चामलको पीठोको छाप लगाएर सिंगारिई कुँडो र खाद्य पदार्थ खुवाई गाई पर्व मनाइन्छ ।

गोवर्द्धन पूजाः

यस दिन गोरूपूजा, गोवर्द्धन पूजा र म्ह पूजा गरिन्छ । भगवान् कृष्णले स्वर्गका राजा इन्द्रको घमण्डलाई चूर पार्न गोवर्द्धन पर्वतको पूजा गरेको हुँदा हामीहरूले पनि कात्तिक शुक्ल प्रतिपदाका दिन घरघरमा गोवर्द्धन पूजा गर्दैआएका छौं । यो दिन बहर, बाछो,गोरु आदिको पनि पूजा गरिन्छ । कृषिका निम्ति हलो तानिदिने गोरु र भूमिलाई उर्वर गराउन मद्दत पुर्‍याउने गोबरको पर्वत नै बनाई पूजा गर्नु हाम्रो कृषिप्रधान देशका बासिन्दाका लागि स्वाभाविक र उचित प्रक्रिया मान्न सकिन्छ । यो दिन युवाहरू देउसी खेलेर रमाइलो गर्छन् । आजकै दिनमा म्ह पूजा अर्थात् आˆनै शरीरको पूजा गर्ने कार्य पनि विशेष गरी नेवार समुदायमा प्रचलित छ । यसै दिन नयाँ वर्ष हो र अर्थात् नेपाल संवत्को प्रथम दिन हो । ने.सं.को प्रारम्भ इ.सं. ८८० बाट भएको हो ।

भाइटीकाः

तिहारको प्रमुख दिन कात्तिक शुक्ल द्वितीया हो । यो यमपञ्चकको अन्तिम दिन पनि हो । यसमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिने प्रचलन छ । यस दिनलाई भाइटीका वा भातृद्वीतीया भनिन्छ । मखमली फूलको माला, मङ्गलसूचक दूबो र पञ्चरङ्गी टीका दिदीबहिनीले दाजुभाइलाई लगाइदिन्छन् । टीका लगाउनुअघि पानी तथा तेलको घेराभित्र दाजुभाइलाई राखेर दिदीबहिनीद्वारा ढोकाको सङ्घारमा ओखर फोड्ने तथा बिमिरो, निबुवाजस्ता फलहरूलाई केसरी, अबीर आदि रङगद्वारा रङ्गाएर यमराजको रूपमा पूजा गरिन्छ । दाजुभाइलाई टीका लगाउने बेलामा पूजा गरिएको बिमिरो, निबुवा आदि पछि दाजुभाइले नदेख्ने गरी दिदीबहिनीहरूले दोबाटोमा लगेरे राख्ने गर्छन् । टीकाको कार्यक्रम सकिएपछि स्वादिष्ट भोजन खुवाई उपहार पनि टक्रयाउँछन् । साथै दाजुभाइले पनि दिदी बहिनीलाई टीका लगाईदिई दक्षिणा र उपहार दिन्छन् । यसै दिनदेखि तिहार चाड समापन गरिन्छ ।

तिहार चाड सद्भावना, आपसी भाइचारा र मित्रताको प्रतीकको रूपमा मनाइँदै आएको चाड हो । तर हामीले यसलाई स्वच्छ रूपमा मनाउन सकिरहेका छैनौं । विगत केही वर्षयता एकता र उज्यालोको सन्देश दिने यस पर्वको गरिमामा केही कमी आउन थालेको प्रतीत हुँदैछ । द्यौसी र भैलोजस्ता विशुद्ध नेपाली नाचगानभित्र पाश्चात्य रक र पपले आधिपत्य जमाउन थालेको छ । त्यस्तै, छानामाथिका घिरौंला के के दिन्छन् हेरौंला; छानामाथि कालो कोट, दिनै लागे हरिया नोट, आदि शैलीबाट द्यौसी भैलो खेलिएको पाइन्छ र भनेको जति पैसा पाएनन् भने आशीषको सट्टा गाली दिएर गएको पनि सुनिन्छ । पहिलो पहिलो वर्षभरिमा एकपटक केवल मनोरञ्जनका लागि दीपावलीको बेला जुवातास खेल्ने छुट हुन्छ थियो । अहिले त वर्षभरि नै टोल, गल्ली र चोकचोकमा तास र जुवा खेल्नेहरू भेटिन्छन् । तिहारमा जुवा फुक्यो भन्ने उमङ्ग र उत्साह विकृत भएर गएको छ । अहिलेको जुवामा त दिनदिनै भित्रभित्रै कत्तिको उठिवास भएको छ, भन्न सकिने स्थिति छैन । तिहारमा बत्ती बालेर प्रकाश खोज्नु त उचित छ, तर भुईचम्पा, झिझिर्रे पड्काएर उज्यालो खोज्नु र टोलटोलमा विभिन्न थरिका रकेटहरू पट्काएर प्रतिस्पर्धा गर्ने चलनले तिहार पर्व विकृतिको रूपमा मौलाउन खोजेको प्रतीत हुँदैछ । यसैले यो पर्वको महत्ता बुझेर मात्र यो पर्व मनाउनु उपयुक्त हुनेथियो ।

आयुर्वेदका प्रवर्तक धन्वन्तरि
स्रोत: गोरखापत्र

-डा.रमेश मिश्र

कार्तिक कृष्णपक्ष त्रयोदशीका दिन आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरिको जयन्ती । आजकेा दिन आयुर्वेदका चिकित्सक, कविराज, वैद्य तथा आयुर्वेद सम्बन्धित अन्य सङ्घसंस्था, अस्पताल, चिकित्सालयमा भगवान् धन्वन्तरिको पूजा गरिन्छ र आफ्नो र आफ्ना सबै रोगी र सम्पूर्ण देशवासीको दिर्घायु सुस्वास्थ्यको कामना गरिन्छ । धन्वन्तरि जयन्तीलाई राष्ट्रिय आरोग्य दिवसका रूपमा मनाइन्छ । वास्तवमा विश्वमा नै यही दिनलाई आरोग्य दिवस मान्नुपर्छ, किनकि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अधिकांश देशमा यस दिनलाई धनतेरसका रूपमा मनाइन्छ जुन धन्वन्तरि तेरसको अपभ्रंश शब्द हो । यस दिन घर घरमा सरसफाइ गरी नयाँ भाँडा किन्ने प्रचलन छ । धन्वन्तरि अर्थात् आयुर्वेदका देवताको उत्पत्तिका बारेमा विभिन्न मत छन् । आयुर्वेदका प्रथम प्रचारक आदिदेव भगवान् धन्वन्तरि निर्विवाद रूपले यसको प्रवर्तकका रूपमा प्रतिष्ठित छन् । ऐतिहासिक तथ्यमा दृष्टि दिँदा तथा धन्वन्तरि विषयका प्राप्त जानकारीका अनुसार धन्वन्तरि नामको सर्व प्रथम उल्लेख वैदिक कालमा समुद्र मन्थनको बेला अमृत कलश धारण गरेको देवताका रूपमा प्राप्त हुन्छ । हातमा अमृत कलश धारण गरेको कारण उनलाई पीयूषपाणि धन्वन्तरि पनि भनिन्छ । यसका अतिरिक्त प्राचीन ग्रन्थबाट प्राप्त विवरणका अनुसार प्राचीनकालमा काशीका राजाहरूको वंश परम्परामा राजा दीर्घतपा अथवा राजा धन्वको पुत्रको रूपमा पनि धन्वन्तरि सिद्ध हुन्छ ।

विभिन्न पुराण जस्तै भागवत पुराण, हरिवंश एवं ब्रहृमाण्ड पुराणमा वर्णन गरिएका कथा र प्राचीन ग्रन्थमा चर्चित चिकित्सा विशेषज्ञहरूमा मुख्यतः ६ जनाको नाम उल्लेख छ । धन्वन्तरि, काशीराज, अश्विनीकुमार, नकुल र सहदेव यी चिकित्सा विशेषज्ञहरूमा प्रथम तीनको अत्यधिक चर्चा पाइन्छ । पुराणहरूका अनुसार काशीराज धन्वले पुत्र प्राप्तिका लागि दीर्घकालीन तप गरे र दीर्घतपा उहाँलाई भनियो । आˆनो दीर्घकालीन तपस्याको परिणामका रूपमा दीर्घतपाले समस्त रोगको नाश गर्ने देव धन्वन्तरिलाई पुत्र रूपमा प्राप्त गरे । दीर्घतपाका पुत्र धन्वन्तरि आयुर्वेद प्रवर्तक, यज्ञभागको अधिकारी एवं विष्णुका अवतार थिए । उहाँलाई अणिमा महिमासहित आठवटै सिद्धि प्राप्त थियो तथा उहाँको स्मरण मात्रले रोगहरूको नाश हुन्थ्यो । दिवोदास धन्वन्तरि भीमरथका पुत्र र महाराज दशरथका समकालीन थिए । उनका पुत्र देवषिर् प्रतर्दनको नामको उल्लेख मर्यादा पुरुषोत्तम श्रीरामको राज्याभिषेकका बेला उपस्थित राजाहरूमा काशीराज प्रतर्दनको रूपमा पनि पाइन्छ । प्रतर्द्धनका पिता दिवोदासलाई आदि धन्वतरिको अवतार पनि मानिन्छ । दिवोदासले नै विश्वाभित्र पुत्र सुश्रुतसहित आठ शिष्यलाई उपदेश गर्दै भनेका थिए म नै आदिदेव धन्वन्तरि हुँ र समुद्र मन्थनका बेला आविर्भूत धन्वन्तरि पनि म नै हुँ । देवासुर सङ्ग्रामको कारण भूमण्डलमा आयुर्वेदको प्रचारप्रसार गर्न नसक्नुले नै मलाई फेरि अवतरित हुुनुपर्‍यो । महषिर् सुश्रुतले आˆनो ग्रन्थ सुश्रुतसंहितामा यस तथ्यलाई अभिव्यञ्जित गर्दै लेखेका छन् ।

अयं हि धन्वन्तरिसादिदेवों

जन्मजरा मृत्युहरो मराणाम् ।

शल्यांगमंगे पुरूपेतः प्राप्तो

हिमगां भूय इहोपदिष्टुम् ।।

अर्थात् देवहरूको जन्म, जरा र मृत्युको नाश गर्ने देवहरूलाई अमरत्व प्रदान गर्ने म नै आदिदेव धन्वन्तरि हुँ । म अन्य अरू -सात) बाट युक्त तथा शल्यतन्त्र प्रधान आयुर्वेदको उपदेश दिनका लागि पुनः यस पृथ्वीमा आएको छु । विभिन्न ग्रन्थ पुराणहरू तथा संहिताबाट प्राप्त विवरणअनजुसार यो सिद्ध हुन्छ कि समुद्र मन्थनका बेला भगवान् धन्वन्तरिको आविर्भाव भगवान् विष्णुको अंशका रूपमा भएको थियो तथा उहाँ आˆनो हातमा श्वेतकलश धारण गरेर अवतरित हुनुभएको थियो । आग्नेय पुराणमा समुद्र मन्थनमा अवतरित भगवान् धन्वन्तरिलाई आयुर्वेदको प्रवर्तकका रूपमा उल्लेख गरिएको छ । मिलिन्द प्रश्न नामक एउटा पालि ग्रन्थमा दोस्रो शताब्दी इ.पूर्वमा मिलिन्दप्रति नागसेनको उक्तिमा चिकित्सकका नाममा पूर्वका आचार्यबाट प्रारम्भ गरेर गणना गरिएको आचार्यहरूमा धन्वन्तरिको नाम उल्लेख छ । त्यसमा रोगोत्पत्ति, निदान, स्वभाव, समुत्थान तथा चिकित्सा आदिमा आचार्यरूपमा चर्चा भएको नागसेन आफूभन्दा पूर्व नै आचार्य धन्वन्तरिको उल्लेख गर्नाले धन्वन्तरिको सार्वभौमिकता सिद्ध हुन्छ । चिकित्सा विज्ञानका जनक र आयुर्वेदको प्रवर्तकका रूपमा धन्वन्तरिले औषधि विज्ञानलाई स्पष्ट र नवीन दिशा प्रदान गरे ।

आयुर्वेद सम्पूर्ण चिकित्सा विज्ञान हो । आयुर्वेदमा व्यक्तिलाई रोग लाग्नबाट बचाउन र रोग लागिसकेपछि उपचारको विशेष व्यवस्था छ । आयुर्वेद घाँसभुसको उपचार विधि मात्र हैन बरु आयुर्वेदमा चिकित्साका विभिन्न विधाहरूको छुट्टाछुट्टै व्यवस्था छ । हाल विश्वमा आयुर्वेदको प्रचारप्रसार र प्रयोग व्यापकरूपमा भइराखेको छ । हाम्रो देश नेपाल भने जडीबुटीको धनी देशका ७५ जिल्ला र केन्द्रमा आयुर्वेदको चिकित्सालय, औषधालय र स्वास्थ्य केन्द्र भए तापनि हामी आयुर्वेदको विकास गर्न सक्षम भइराखेका छैनौं । आयुर्वेदको विकास र जडीबुटीको उपयोग कागज र भाषणमा मात्र सीमित भइरहेको छ र आयुर्वेद चिकित्सा क्षेत्रमा निराशा छाएको छ । देशबाट जडीबुटी अवैधरूपमा सस्तोमा विदेशिन्छ र ती जडीबुटीबाट नै बनेका औषधि हामी महँगो मूल्यमा विदेशबाट आयात गरी सेवन गर्न बाध्य छौं । आयुर्वेदिक औषधीको माग र उपयोग बढ्दै गइरहेको छ । जनतामा आयुर्वेदप्रति चासो छ तर हामी आयुर्वेद स्वास्थ्यकर्मीले आयुर्वेदका संस्था वा आफूलाई नै देशको जनताको चाहना बमोजिम बनाउन सकेका छैनौं । अहिले विश्वमा आयुर्वेदको विकास जुन रूपमा भइरहेको छ तर हामी पछाडि पर्‍यौं भने आउने पुस्ताले हामीलाई धिक्कार्नेछ । अतः हामी सबै मिली आयुर्वेद विकासमा लाग्नुपर्छ । जसले देशका गरिब, निमुखा, दलितदेखि सर्वसाधारण आयुर्वेदको सर्वसुलभ रूपमा सेवा पाउन् र स्वदेशी जडीबुटीको बढीभन्दा बढी उपयोग गर्न सकून् ।

[लेखक नेपाल आयुर्वेद मेडिकल काउन्सिलका रजिस्ट्रार हुनुहुन्छ।]